गुल्मी अस्पताल तम्घासबाट सेवा लिने बिरामीको सङ्ख्या पछिल्ला वर्षहरूमा निरन्तर वृद्धि हुँदै गएको छ। आर्थिक वर्ष २०८२/८३ मा अस्पतालबाट ८१ हजार ६३४ जनाले बहिरङ्ग सेवा लिएका छन्। अस्पतालमा शल्यक्रिया, आकस्मिक तथा अन्तरङ्ग सेवा लिने सेवाग्राहीको सङ्ख्यामा समेत वृद्धि भएको छ।
अस्पतालको सेवा विस्तारसँगै सेवाग्राहीको चाप बढ्दै गएको छ। उपलब्ध जनशक्ति, पूर्वाधार तथा सेवाको व्यवस्थापनलाई अझ प्रभावकारी बनाउँदै गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा अस्पताल निरन्तर क्रियाशील रहेको छ।
समाचारदाता: जनार्दन घिमिरे
समाचार स्रोत: बुटवल टुडे
यस समाचार सामग्रीका लागि पत्रकार जनार्दन घिमिरेज्यू तथा बुटवल टुडे परिवारप्रति हार्दिक आभार व्यक्त गर्दछौं।
पूरा समाचार बाहिरी वेबसाइटमा पढ्नुहोस्