लुम्बिनी प्रदेश सरकार

स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय

गुल्मी अस्पताल

तम्घास, नेपाल

च्वाइस ह्युमानिटेरियनको सहयोगमा प्राप्त अत्याधुनिक इकोकार्डियोग्राफी मेसिनमार्फत मुटुसम्बन्धी रोगको पहिचान तथा परीक्षण सेवा सुरु गरिएको छ।

|

गुल्मी अस्पतालमा इकोकार्डियोग्राफी स्क्रिनिङ सेवा सुरु गरिएको छ। च्वाइस ह्युमानिटेरियनको सहयोगमा अत्याधुनिक इकोकार्डियोग्राफी मेसिन प्राप्त भएपछि अस्पतालले मुटुसम्बन्धी रोगको परीक्षण तथा प्रारम्भिक पहिचानका लागि नयाँ सेवा सञ्चालनमा ल्याएको हो।

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट तथा जनरल फिजिसियन विशेषज्ञ डा. विभव बस्यालका अनुसार नयाँ उपकरणमार्फत मुटुको बनोट, गतिविधि तथा विभिन्न जटिल समस्याको प्रभावकारी परीक्षण गर्न सकिनेछ। आवश्यकताअनुसार जटिल बिरामीलाई उच्चस्तरीय अस्पतालमा रेफर गर्न तथा सम्भव भएका बिरामीलाई गुल्मी अस्पतालमै उपचार सेवा उपलब्ध गराउन पनि यसले सहयोग पुग्नेछ।

अस्पतालले इकोकार्डियोग्राफी स्क्रिनिङ सेवा दैनिक बिहान ११ बजेदेखि उपलब्ध गराउने जनाएको छ। यस सेवाले मुटुसम्बन्धी समस्या प्रारम्भिक अवस्थामै पहिचान गर्न, जन्मजात मुटु समस्या भएका बिरामीलाई समयमै उपचारमा लैजान तथा बिरामीको अनावश्यक बाहिरी जिल्ला यात्रा कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

गुल्मी अस्पतालमा दैनिक ठूलो सङ्ख्यामा बिरामीले सेवा लिँदै आएका छन्। अस्पतालबाट हाडजोर्नी, स्त्रीरोग, बालरोग, विशेषज्ञ चिकित्सक सेवा, प्रयोगशाला, हेमोडायलाइसिस, अक्सिजन प्लान्ट तथा स्वास्थ्य बीमालगायतका विभिन्न सेवा उपलब्ध हुँदै आएका छन्।

समाचारदाता: टोपलाल अर्याल

समाचार स्रोत: गोरखापत्र अनलाइन

पूरा समाचार गोरखापत्र अनलाइनमा पढ्नुहोस्